
रातो प्रेस डटकम, कपिलवस्तु ।
पौष लागेसंगै थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघिको तयारी बढेको छ । कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा माघि पर्वको अवसरमा मेला लाग्ने गर्दछ ।
त्यस्तै कपिलवस्तुको बुद्धभूमिमा पनि तेस्रो बुद्धभूमि माघी महोत्सवको व्यापक तयारीमा जुटेको मेला मुल आयोजक समितिका अध्यक्ष टेङन थारुले बताएका छन ।
यहि माघ ३ र ४ गते बुद्धभूमि नगरपालिका ३ घन्चौरा स्थित फुटबल मैदानमा “तेस्रो बुद्धभूमि माघि महोत्सव तथा नयाँ वर्ष २०७७” को आयोजना हुदैछ । माघी महोत्सवको तयारीमा तिब्र रुपमा लागेको आयोजकले जानकारी दिएको छ ।
माघि मेला संचालन हुदा स्थानीय कला र संस्कृतिको प्रर्बद्धन संगै पर्यटकीय क्षेत्रको विकासमा समेत महत्वपुर्ण भूमिका खेल्ने सरोकारवालाहरु बताउछन । यस मेलाले व्यवसायहरु समेत संचालन हुने भएकाले स्थानीयको आर्थिक अवस्थामा समेत सुधार हुने अपेक्षा गरिएको ।

