शुक्रबार, माघ ९, २०७७

पुस २७ गते सार्वजनिक विदा दिने निर्णय

काठमाडौं। आगामी पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन २ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विजय प्राप्त गरेका स्थानीय तहहरू कचनकवल र हल्दिवारी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । यी दुवै गाउँपालिकाले सदाझैं यसवर्ष पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छन् ।यस अघिनै संघीय सरकारले भने सार्वजनिक बिदा हटाइ सकेको छ ।