शनिबार, माघ ३, २०७७

मदरसामा अध्ययन गर्ने बालबालिकालाई मुकेस खतिवडाले गरे न्यानो कपडा वितरण

केशव बेल्बासे/ कपिलवस्तु ।
विजयनगर गाउँपालिका वडा नम्बर २ जर्लैयामा रहेको श्री मदरसा अहिले सुन्नत फैजाने नइमिया प्राथमिक विद्यालयका विद्यार्थिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

हाल काठमाडौमा बसि व्यवसाय गर्दै आएका मुकेस खतिवडाले आपनो आम्दानिको केहि रकम समाज सेवामा खर्च गर्ने सोचका साथ आज मदरसामा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा स्वीटर वितरण गरेका हुन ।

आज एक कार्यक्रमको आयोजना गरी मदरसाका कक्षा १ देखि कक्षा ४ सम्मका करीब १०० बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर वितरण गरेका छन । जाडोको समयमा बालबालिकाहरुलाई चिसोले धेरै नै असर गर्नेे हुँदा न्यानो कपडा वितरण गरेको मुकेस खतिवडाले बताए । मुस्लिम समुदायका पछाडि परेका गरिब विपन्न परिवारका बालबालिकाहरुलाई जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने उँहाले बताए ।

आफुलाई स साना बालबालिकाहरुसगँ रमाउन मन पर्ने र आफु बाचौँ र अरुलाई पनि बचाउँ भन्ने सोचले गर्दा यस्तो कार्यमा मन गएको बताए ।

कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष सुर्य भाई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, समाजसेवि लगायतको सहभागीता रहेको थियो ।