आइतवार, माघ ४, २०७७

माघे सक्रान्तिको अवसरमा शितगंगा-७ मा अन्तर जिल्ला वडा स्तरिय भलिबल प्रतियोगिता संचालन हुँदै

राताे प्रेस संवाददाता, शितगंगा।

नेपालिहरुको चाड माघे (मकर ) सक्रान्तिको शुभअवसरमा शितगंगा नगरपालिका ७ मगरा कल्लेरिमा अन्तर जिल्ला वडा स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ। भगवती माइ युवा क्लब शितगंगा ७ ले माघे संक्रान्तिको अवसरमा अन्तर जिल्ला वडा स्तरिय भलिबल प्रतियोगिता गर्ने भएको हो।

प्रतियोगिता प्रथम पुरस्कारमा नगद रु. २२,२२२ सहित कप ,मेडल र प्रमाण पत्र , द्वितीय पुरस्कारमा नगद रु. १३,३३३ सहित कप ,मेडल र प्रमाण पत्र , तृतीय पुरस्कार नगद रु. ७,७७७ सहित कप ,मेडल र प्रमाण पत्र र उत्कृष्ट खेलाडी एक जनालाइ मेडल र प्रमाण पत्रकाे व्यवस्था रहेकाे अायाेजकले जनाएकाे छ ।

साथै अायाेजकले खेलका नियम समेत उल्लेख गरेकाे छ । जसमा दर्ता शुल्क : २५००, खेलाडी टिम :- आधिकारिक खेलाडी सहित ८ जना हुनुपर्ने, खेलाडीले खाने बस्ने व्यवस्था आफै गर्नुपर्ने, टिम दर्ता २०७७ साल पौष २९ गते बिहान ९ बजे सम्म गरि सक्नुपर्ने, टिम दर्ता फोन बाट पनि गर्न सकिनेछ, खेलमा कुनै आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने बताएकाे छ ।

प्रतियोगिता यहि पौष २९ गते बिहान १० बजे देखि शुरु हुने अायाेजकले बताएकाे छ ।

कुनै पनि जानकारी लागी अध्यक्ष : एलजी मगर – ९८५७० ४४५५७, खेल संयोजक : बिक्रम घर्ति मगर – ९८६७ ५०७७ ८३ र स-संयोजक : विवस गरौंजा – ९८६२ २४१७ ४९८ लाइ सम्पर्क गर्न सकिने छ ।