शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

भारतमा ‘बर्डफ्लू’ देखिएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ। कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ ।

 

देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । photo : internet file