बिहिबार, माघ ८, २०७७

भर्खर बिहे गरेकी स्वेताका लागि बद्री पंगेनीले गाए यस्तो गीत (भिडियो)

श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि अभिनेत्री स्वेता खड्काले गत मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र रावतसँग धुमधामसँग दोश्रो बिहे गरिन् । धेरैले उनको साहस र कदमको सम्मान र प्रशंसा गरे । सँगसँगै कतिपयले विरोध पनि गरेका छन।

यति नै बेला गायक बद्री पंगेनीले भने आफ्नो पुरानो गीत ‘लाउ चेली सिन्दुर लाउ, निको पार हृदयको घाउ’ सम्झिए र फेसबुकमा स्वेताको नवजोडीलाई शुभकामना दिएका छ्न । उक्त लाईन लेखेर शुभकामना दिएकोमा बद्रीलाई स्वेताले पनि धन्यवाद समेत दिएकी छिन् ।

हाम्रो कला टिभीसँगको कुराकानी पनि बद्रीले स्वेताको नाममा गीत गाउँदै सोही कुरा दोहोराए । स्वेताको बिहेमाथि प्रश्न उठाउनेहरु लाई समेत उनले पितृसत्तात्मक मानसिकताको उपज रहेको टिप्पणी गरे ।

भिडियोमा हेर्नुस् पुरा कुराकानी :