शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

युद्दका लागि तयार रहन चिनियाँ राष्ट्रपति सीकाे सेनालाई निर्देशन

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टक्कर परिररहेकै बेला उनले चिनियाँ सेना युद्धका लागि तम्तयार रहेको जानकारी दिएका हुन् ।
राष्ट्रपति सीले आफ्नो सेनालाई सैनिक अभ्यास गर्न निर्देशनसमेत दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
सीमामा भारत–चीन दुवैले सैन्य शक्ति बढाई आफूलाई युद्धका लागि तम्तयार बनाएका खबर विभिन्न मिडियामा अाइरहेका छन् ।