अब संसद विघटनविरुद्धको मुद्दाहरुमाथिको अर्को सुनुवाइ आउने बुधबार (पुष २९ गते) हुने भएको छ । वरिष्ठ अधिवक्ता शम्भू थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए ।
न्यायाधीश कार्की प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यस मुद्दा हेर्दा स्वार्थ बाझिने तर्क उनले गरेका थिए ।
त्यस्तै, आजको सुनुवाइका क्रममा वकिलहरूले यी मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए । उनीहरुले संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भएकाले वृहत पूर्ण इजलासमा पठाउनु उपयुक्त हुने बताएका थिए ।
आगामी बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुने र सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ । न्युज २४ नेपालबाट