बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

तोलामा ११ सयले उकालो लाग्यो सुनको मूल्य

काठमाडाैँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।