शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न

सन्धिखर्क । अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं साधारण सभा सन्धीखर्कमा सम्पन्न भएको छ । २०६३ सालमा स्थापित सन्धिखर्क नगरपालिकाका सबै वाड कार्यक्षेत्र रहेको यस संस्थामा कुल ५६४ जन सदस्य रहेका छन भने यसको कुल चुक्ता शेयर पुजि रु.७३,३२,००० कुल बचत संकलन रु.४,७६,७९,१२७ छ । कर्जा लगानी तर्फ ५,१७,३८,२५४ रहेको छ।

मासिक रूपमा प्रती सदस्य रु. १/१ जम्मा गर्ने गरेको यस संस्थाले प्रत्येक साधारण सभामा ७० बर्ष पुगेका आफ्ना शेयर सदस्यलाई सम्मान गर्दै आइरहेको छ ।

भने प्रत्येक बर्ष एस. इ. इ. परिक्षामा उत्कृष्ट जि. पि. ए. ल्याउने शेयर सदस्यका छोरा छोरीहरु लाई सामुदायिक र संस्थागत बिध्यालय तर्फ का २/२ जना विद्यार्थीहरु लाइ प्रशम्सा पत्र तथा नगद पुरस्कार बितरण गर्दै आइ रहेको छ।

संस्थाका अध्यक्ष दोण प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सल्लाहकार सदस्य लिल बहादुर राउत क्षेत्री, चिरञ्जीवी बस्याल ऋण उपसमितिका संयोजक नेत भुसाल, धितो मुल्यांकन उप समितिका संयोजक राम बहादुर रायमाझी शिक्षा उपसमितिका संयोजक बलाराम मिश्र लगायत को उपस्थितिमा सम्पन्न साधारण सभाको संचालन संस्थाका सचीव बिष्णु बस्याल ले गरेका थिए ।