बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज पौष १७ गते शुक्रबारको राशिफल पढ्नुहोस्

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काममा केही चुनौती आइलाग्लान् । मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाईनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण भईएला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल (हाम्रो पात्रोबाट)