मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

अंग्रेजी नयाँ वर्ष २०२१ को खुसियाली भयो सुरु

एजेन्सी। अंग्रेजी नयाँ वर्ष २०२१ को खुसियाली सुरु भएको छ। अकल्यान्डको स्काई टावरमा रंगिन आतिशबाजीसहित नयाँ वर्षको स्वागत गरिएको छ । सिड्नीको हार्बर ब्रिजमा पनि शानदार शैलीमा नयाँ वर्षको स्वागत गरिएको छ ।

कतिपय देशहरुमा नयाँ वर्षको स्वागतको भव्य तयारी हुँदैछ। सबैभन्दा पहिले अस्ट्रेलिया नजिकै टोङ्गा द्वीपमा नयाँ वर्ष प्रवेश गरेको छ। अमेरिका नजिकै होल्यान्ड र बेकर द्वीपमा सबैभन्दा अन्तिमा (नेपाली समयानुसार १ जनवरी साँझ ५ः३० बजे) नयाँ सालको सूर्य पुग्छ।

३१ डिसेम्बर अपरान्हदेखि सिड्नीको हार्बर ब्रिजमा फेरी रेस, संगीतिक कार्यक्रम र सैन्य प्रदर्शनसहित नयाँ वर्ष मनाइन्छ। यस साल भने मानिसहरुलाई जम्मा हुन दिइएको छैन । सिड्नीका मानिसहरुले घरबाटै यो कार्यक्रम लाइभ हेरेका छन्।

नेपालमा साँझको करिब ४ बजेर ४५ मिनेट जाँदा न्युजिल्यान्डमा रातिको १२ बज्छ। नयाँ सालको सबैभन्दा पहिलो र ठूलो कार्यक्रम न्युजिल्यान्डको अकल्यान्डमा मनाइएको छ। त्यहाँको स्काई टावरमा पाँच मिनेटसम्म आतिशबाजीका साथ नयाँ वर्षलाई भव्य स्वागत गरिएको छ।

दुबईमा नयाँ सालको स्वागतको पूरा तयारी गरिएको छ। नेपाली समयानुसार राति करिब १स् ३० बजे बुर्ज खलिफामार आतिशबाजी, बत्ती र लेजर शो हुँदैछ।

मानिसहरुलाई यस क्षेत्रमा बनाइएको पाँचवटा गेटबाट क्युआर कोड देखाएर मात्रै प्रवेश दिइनेछ। त्यहाँ कोराना मापदण्ड एकदमै कडारुपमा लागू गरिएको छ। त्यहाँ पनि नयाँ वर्ष स्वागत कार्यक्रमको लाइभ हुनेछ।

२४ घण्टा बत्तीले झिलिमिली भइरहने प्रख्यात अमेरिकी सहर न्यूयोर्कको टाइम्स स्क्वायरमा ३१ डिसेम्बरको राति मानिसको भिड हुनेछैन। ३१ डिसेम्बरको साँझ ढल्दै पुलिसले आममानिसलाई त्यहाँ जान निषेध गरिसकेको छ। – न्यूज 24 नेपालबाट