शुक्रबार, माघ २, २०७७

समाजसेवी पर्वत थामीले कोरीयाबाट अपाङ्ग पिडित आचार्यको परिवारलाई सहयोग पठाए

घनु गाहा/ रातो प्रेस संवाददाता ।
शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १० हर्रेमा जन्म भई हाल कपिलबस्तु बस्ने पर्वत थामीले अर्घाखाँचीका एक अपाङ्ग पिडित धन बहादुर आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छ्न ।

वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरीयामा रहेका समाजसेवी पर्वत थामीले जन्मजात अपाङ्ग पिडितको परिवारको दैनिकी गुजाराको लागि राहत पुगोस् भन्दै रू. ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

अपाङ्ग पिडित शितगंगा नगरपालिका ९ सिलिङखोला निवासी ज्ञान बहादुर आचार्यका कान्छा छोरा हुन् । उनको १३ वर्षिय कान्छो छोरा धन बहादुर आचार्य जन्मजात अपाङ्ग छन् । घरको अवस्था अत्यन्तै नाजुक रहेको र दैनिकी गुजारा चल्न निकै समस्या पर्दै आएको छ । उनका बुबाआमाले खेतीपाती गरी जिविका गुजरा गर्दै आएका छन ।

अपाङ्ग पिडित आचार्य

अपाङ्गताको अवस्थासँग लडिरहेका आचार्यको परिवार चिन्तित बनेको छ । उनको कारणले घरपरिवार समेत छाड्न नसक्दा दैनिकी गुजारा चलाउन निकै समस्या पर्दै आएको भन्दै रातो संचार प्रा.लि. द्वारा संचालित रातो प्रेस मिडियालाई सम्पर्क गरेका थिए । केही आर्थिक सहयोगका लागि परिवारले आग्रह गरे पश्चात मिडियाको सपोर्टमा देश विदेशमा रहने मनकारी महानुभावहरू सँग पिडितको लागि सहयोगको अपिल गरेको छ ।

पिडितलाई सहयोग गर्न चाहेमा रातो प्रेस डटकम मिडियाका सदस्य एवं अभियान कर्मी घनु गाहाको नम्बर 9844787266 तथा रातोप्रेस मिडियाको नम्बर 9857014148 मा सम्पर्क गरी सहयोग गर्न सकिने छ ।

पर्वत थामी