बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा – २ मा प्रथम हरि सीता वलि स्मृती कप भलिबल प्रतियोगिता सुरु

झनक केसी, शितगंगा ।
शितगंगा नगरपालिका – २ निपाने सितापुरमा आजबाट प्रथम हरि सीता वलि स्मृती कप जिल्ला वाड खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

यस भलिबल प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथी सितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, बिशिस्ट अतिथी वाड न २ का अध्यक्ष गोबर्धन थापा,अतिथी कार्यपालिका सदस्य राम बहादुर दर्नाल, इप्रका ठाडा बाट शालिक राम खनाल, शिक्षा तथा खेलकुद शाखा प्रमुख नागेन्द्र नेपाल, विभिन्न संघ सस्था पार्टिका प्रतिनिधीहरु, खेलप्रेमी लगाएत विभिन्न वाडबाट नेतृत्व गर्दै १४ टिमको सहभागीता रहेको थियो कार्यक्रमका अध्यक्ष तुल बहादुर खडकाले गर्नु भएको थियो।

तेस्तै कार्यक्रममा प्रमुख रेफ्री सुदन श्रेष्ठले गर्नु भएको थियो भने सहायक रेफ्री सन्तोष क्षेत्रीले रहनु भएको थियो । कार्यक्रममा सबै ब्यबस्थापन सुरेन्द्र वलिले गर्नु भएको थियो।

कार्यक्रममा स्वर्गीय हरि वलि उहाकै धर्म पत्नी स्वर्गीय सीता वलिको सम्झनामा मौन धारण गरेर कार्यकर्म सुरु गरिएको थियो। कार्यक्रमा उहाकै जेस्ठ सुपुत्र सुरेन्द्र वलिले स्वागत मन्तब्य राखेका थिए।

भलिबलको पहिलो खेल शितगंगा-२ झिर्‍रा भर्सेज आयोजकले पहिलो खेल सुरु गरेका थिए। खेल उद्घाटन नगर प्रमुख सुर्य प्रसाद अधिकारिले रिबन काटेर खेलाडीहरु सङ्ग परिचय गर्दै सर्भिस गरेर खेल सुरु गरिएको थियो।