बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

डेंगो पिडित वडाध्यक्ष केसीलाई भेट्न पुगे प्रदेश सांसद आचार्य र नेता श्रेष्ठ

गणेश बेल्बासे संगम, बुटवल ।
अर्घाखाँची क्षेत्र नं. १ का ५ नं. प्रदेश सांसद चेतनारायण आचार्यले महामारी डेगों पिडित शितगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम केसीलाई भेटी स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

भदौ १६ गते डेगोंको संका लागेपछि थप उपचारका लागि चन्द्रौटाबाट क्रिमसन हस्पिटल बुटवलमा रिफर गरिएका केसीको सांसद आचार्य सहित नेकपाका नेता वसन्त कुमार श्रेष्ठ, वडा नं. ११ का वडाध्यक्ष कपिल आले, सामाजिक अभियान्ता गणेश बेल्बासे संगम लगाएतले पछिल्लो स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन ।

क्रिमसनमा हस्पिटलमा कार्यरत केसीको उपचारमा संलग्न हुने डाक्टर मनिष विकका अनुसार तिन दिन एता ज्वरो नआएको तर रगतमा पलेटलेट काउन्टको मात्रा घटेको बताईएको छ । साँझको रिपोटमा भने पलेटलेट काउन्टको मात्रा ४८००० बाट बढेर ६२००० पुगेको र विस्तारै बढेर जाने भएकाले खतरा मुक्त रहेकाले छिट्टै निको हुने विश्वास दिलाउनु भएको छ ।

स्वास्थ्य रिपोट अनुसार पछिल्लो समय केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको छ ।