
संगम बेल्बासे (गणेश)/ रातो प्रेस डटकम ।
काठमाडौं ।गायक बिक्रम रानाको नयाँ गीत सार्वजनिक भएको भिडियो एक सातामै ६ लाख बढीले हेरेका छन् । मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट उक्त गीतलाई सार्वजनिक गरिएको थियो ।
गायक विक्रम राना नेपाली सांगितिक क्षेत्रमा उदाउँदो नाम हो । गाएक रानाले साँईलो, मोयाले, चरी नाचे, कहिले प्यार कहिले झगडा लगाएतका उत्कृष्ट गीतबाट फड्को मारेका थिए । उनै बिक्रम रानाको स्वरमा रहेको ‘तिम्रै मायाले’ बाेलकाे गीत एक साता अघि सार्वजनिक भएको थियो।
उनिसंगै महिला स्वरमा समिक्षा अधिकारी र विसाखा साही ठकुरी पनि रहेका छन् । गीतमा पउल शाह, प्रिन्सा खतीवडा, प्रिज्मा खतिवडाहरुले मोडलको रुपमा भिडियोमा अभिनय गरेका छन् ।
तिम्रै मायाले बोलको गीतको भिडियो शिशिर खातीको निर्देशनमा तयार भएको हो । गीतको भिडियो सम्पादन अर्जुन जिसीले गरेका हुन्। गीतको रेकर्डिङ प्रीज्य स्टुडियोमा गरिएको थियो ।
तलको भिडियो पनि हेर्नुहोस् :

