शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सितापुरमा वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

झनक केसी/ शितगंगा ।
अर्घाखाँची जिल्लाको शितगंगा न.पा. २ सितापुरमा अर्घाखाँची जिल्ला वार्ड स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

सितापुरको निपानेमा पहिलो पटक अर्घाखाँची जिल्ला वार्ड स्तरिय हरी सिता वली स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता सितापुरका समाजसेवी शिक्षा प्रेमी स्व. हरी वली र श्रीमती सिता वलीको सम्झनामा हुन गएको हो ।

निपाने सेवा समाजको आयोजनामा हुने हरी सिता बलि स्मृति कप खुल्ला भलिबल प्रतियोगितामा जिल्लाभरका वार्डबाट सहभागीता हुनेछन् । टिम दर्ता ३ हजार रुपैया तिरी आगामी पुष ९ गतेसम्म गर्न सकिनेछ ।

प्रतियोगितामा पहिलो हुनेले ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजर रुपैया र प्रमाण पत्र पाउनेछन् ।