बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको खोप विकासमा भारतसंग सहकार्य गर्न चीन तयार

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप विकासमा चीन भारतसंग सहकार्य गर्न तयार भएका छन् ।

१२औं ब्रिक्स शिखर सम्मेलनमा बोल्दै कोरोना विरूद्धको खोप विकासमा भारतसंग सहकार्य गर्न तयार रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङले भएको बताएका हुन्।

उनले कारोनाविरूद्धको खोप विकासमा भारत र अन्य ब्रिक्स देशहरूसँग सहकार्य गर्न तयार रहेको जनाउदै कोरोना रोकथाम र उपचारमा आफ्नो भूमिका र परम्परागत औषधिको विषयमा पनि प्रस्ताव गरेका छन्।

चीनले कोरोना महामारी नियन्त्रणको प्रयासमा डब्ल्यूएचओको महत्त्वपूर्ण नेतृत्वको भूमिकालाई समर्थन गरिरहेको पनि जिनपिङले बताए ।चिनियाँ कम्पनीहरूले रूसी र ब्राजिलियन साझेदारहरूसँग मिलेर खोपको दुई चरणमा क्लिनिकल ट्रायलको काम गरिसकेकोबारेमा पनि उनले बताए । photo: internet file