शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

गहुँ र मकैको समर्थन मूल्य तोक्ने तयारी

धानको न्यूनतम समर्थन मूल्य तोक्दा त्यसको सकारात्मक परिणाम देखिएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गहुँ र मकैको समर्थन मूल्य तोकेर त्यसलाई खरिद गर्ने नीति बनाइरहेको छ ।
त्यसैअनुरूप गहुँ र मकै लगाउनु पहिले नै न्यूनतम समर्थन मूल्य तोक्ने तयारी मन्त्रालयले गरिरहेको छ ।कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा हरिबहादुर केसीले गहुँ र मकैको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी भइरहेको र मङ्सिरको अन्तिम अथवा पुसको पहिलो हप्ताभित्र मूल्य घोषणा गरिने बताए । उनले किसानले उत्पादन गरेको वस्तु बिक्री नभए सरकारले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नीतिअन्तर्गत तोकिएको समर्थन मूल्यअनुसार सो वस्तु खरिद गरिने जानकारी दिए ।

धानको न्यूतनमत समर्थन मूल्य तोकेर बिक्री हुन नसकेको धान सहकारीमार्फत खरिद गर्ने काम जारी रहेको र यसबाट किसान निकै खुसी भएको बताउँदै मन्त्रालयका सचिव योगेन्द्र कार्कीले धानजस्तै गहुँ, मकैलगायतका वस्तु पनि खरिद गर्ने तयारी भइरहेको बताए। उनले भने, “सरकारले किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने समग्रमा एउटा नीति बनाउन लागेको छ र सोहीअनुसार बिक्री नभएका वस्तु सरकारले खरिद गर्नेछ । ”

किसानको बचत सुनिश्चित हुनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले किसानले मिहिनेत गरेपछि बचत भएन भने कृषिबाट पलायन हुनसक्ने भएकाले बचत सुनिश्चित गर्न सरकार नीति निर्माणमा लागेको आजको गोरखापत्र दैनिकमा खवर छ ।