शुक्रबार, माघ ९, २०७७

किन दिए अलिताल गाँउपालिका वडा नं. १ का वडा अध्यक्षले राजिनामा ?

डडेल्धुरा । जिल्लाको अलिताल गाउँपालिका-१ का वडा अध्यक्ष पूर्णबहादुर ऐरले सोमबार राजीनामा दिएका छन । उनले कार्यपालिका बैठकमा सहकर्मीबाट असहयोग नभएको भन्दै आफ्नो राजीनामा पत्र दर्ता गराएका छन्।

बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले आफू गाउँपालिका बाहिर भएकाले राजीनामा पत्र हेर्न नपाएको र वडा अध्यक्षले किन राजीनामा गरे भन्ने विषयमा थाहा नभएको जनाए ।

वडा अध्यक्ष ऐर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित जनप्रतिनिधि हुन् । अध्यक्ष ऐरले सहकर्मीले निरन्तर असहयोग गर्दै आएका र आफूलाई काम गर्ने वतावरण नभएका कारणले राजीनामा दिएको बताए।

अध्यक्ष ऐरको राजीनामाको विषयमा छलफल गरेर निर्णय गरिने गाउँपालिकाले जनाएको छ । उनले दिएको राजीनामाका बारेमा बैठकमा छलफल गरेर समाधान गरिने गाउँपालिका अध्यक्ष बलबहादुर गुरूङले बताए ।