शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

चीनले लगाइदियो उत्तर कोरियाली नेता किमलाई कोभिड विरुद्धको खोप

एजेन्सी। उत्तर कोरियाली नेता किम जोन उनलाई कोभिड १९ विरुद्धको खोप लगाइएको अमेरिकी एक विज्ञले बताएका छन् ।

उत्तर कोरिया मामिलामा जानकार अमेरिकी विज्ञ ह्यारी काजियानिसले एक लेख लेख्दै यसबारे खुलासा गरेका हुन् । उनका अनुसार चीन सरकारले किम र उनको परिवारलाई कोभिड १९ विरुद्धको प्रयोगात्मक खोप लगाएको हो ।

ह्यारीले जापानी गुप्तचर स्रोतको हवाला दिँदै यस्तो दावी गरेका हुन् । तर कुन कम्पनीले विकास गरेको खोप उनलाई दिइयो भन्नेबारे खुलाएका छैनन् । ह्यारीका अनुसार किम सहित उत्तर कोरियाली उच्च अधिकारीहरुलाई पनि पछिल्लो ३ हप्ताको अन्तरमा खोप दिइएको छ ।

उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना संक्रमण नदेखिएको दावी गर्दैआएको छ । उसले कोभिड रोकथामका लागि नै चीनसँगको सीमा समेत पूर्ण रुपमा बन्द गरेको थियो । साथै यसबाट बच्ने अरु उपाय पनि अवलम्वन गर्दैआएको थियो । यद्यपि कोभिड विरुद्ध सावधान र शतर्क रहनुपर्ने आदेश किमले सत्तारुढ कम्युनिस्ट पार्टीको बैठकमा दिएका थिए ।

उत्तर कोरियामा कोभिडका संक्रमित नभएको कुरालाई दक्षिण कोरियाले पनि त्यस्तो सम्भावना हुनसक्ने प्रतिक्रिया दिएको छ । चीनसँग उत्तर कोरियाको घनिष्ठ सम्बन्ध भएकाले पनि यस्तो सम्भावनालाई दक्षिणले स्वीकार गरेको जनाएको छ । अमेरिकाले उत्तरलाई बारम्बार दबाब दिइरहँदा चीनले भने साथ दिँदैआएको छ ।