शुक्रबार, माघ ९, २०७७

काठमाडौं जिल्ला प्रशासनद्वारा भीडभाड नगर्न विज्ञप्ती मार्फत आग्रह

काठमाडौं । राजधानीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै राजधानीमै कोरोना संक्रमणको उच्च जोखिम रहेको अवस्थामा जिल्लामा विभिन्न माग राख्दै राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढेको पाइएकाले सोसँग सम्बन्धित सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न आग्रह गरेको हो । यी गतिविधिले कोरोना संक्रमणको स्थिति झन भयावह हुनसक्ने दाबी प्रशासनको छ।

पछिल्लो समय राजधानीलगायत विभिन्न जिल्लामा राजावादीसहित विभिन्न समूह र संघ संगठनको प्रदर्शन गर्दैै आएका छन्।

प्रशासनले विज्ञप्तिमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत अनुरोध गरेको छ । संक्रमणका बीच जुलुस तथा प्रदर्शन भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।