मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

आगामी पुस १० गते शितगंगा उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन

अराज बेल्बासे/ अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा उद्योग बाणिज्य संघको आगामी पुस १० गते दोस्रो अधिवेशन हुने भएको छ ।

मंसिर १३ गते बसेको वैठकले अधिवेशन गर्ने निर्णय गरेको संघका अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनु भयो । नियमित अधिवेशन अन्तर्गत दोस्रो अधिवेशनको मिति तय गरिएको उहाँले बताउनुभयो ।

शितगंगा नगरपालिका ४ अमराईमा मुख्य कार्यालय स्थापना गरी व्यापारीहरुको हकहितको लागि काम गर्ने उद्देश्यले २०७५ सालमा तर्दथ समिति चयन गरी उक्त समितिलाई नै पुर्णता दिइएको थियो । मिति तय भएसगै अबको नेतृत्वको विषयमा आन्तरिक रुपमा तयारी थालिएको जनाइएको छ ।

बर्तमान अध्यक्ष चिन्ताराज अधिकारी पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने सक्ने भएको स्रोतको बताएको छ भने अहिले उपाध्यक्ष रहेका मणिराम अधिकारी समेत आगामी अध्यक्षका लागि भागिदार रहेका छन।

पुस १० गते साधारण सभातथा अबिधेसन हुने भएपछि उद्योग बाणिज्य संघमा दर्ता नभएका नयाँ ब्यवसायीहरुका लागी मंसिर १९ गते सम्म दर्ता गर्न समय दिएको छ भने ३० गते सम्म नबिकरण गर्न सक्ने समय दिइएको छ ।

आगामी अधिवेसनको लागी मतदान गर्न पाउनको लागी दर्ता नभएकाहरुले दर्ता गर्न तथा नबिकरण नभएकाहरु लाई गर्न सुचना जारी गरिएको छ हाल शितगंगा उद्योग वाणिज्य संघमा ३५० भन्दा बढी सदस्य रहेका छन ।