
फाइल तस्बिर
काठमाडौं । कोभिड-१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल-भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली-काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो ।
मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान सुरु हुने जानकारी दिए। उनले उडान खुल्ने टुङ्गो लागेको बताए ।
कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाए पछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गरिने लामिछानेले बताए । उडान हुन अझै दश दिनजति समय लाग्ने बताएका छन । – रासस

