शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तुको ऐतिहासिक पत्थरकोट बजारलाई व्यवस्थित गरिदैं

भक्तिराम घिमिरे/कपिलवस्तु ।

बुद्धभुमी नगरपालिकाले वडा नं. १ को पत्थरकोटमा कृषि हाट बजार संचालनका लागि व्यवस्थित बजार बनाउने भएको छ । छरिएर रहेको बजारलाई व्यवस्थित गरी एकै ठाउँमा राख्ने र खुद्रा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि बजार बनाउन लागिएको हो ।

बजारका लागि आज मंगलबार एक कार्यक्रमका बिच बजार बस्ने टहराहरुको शिलान्यास गरिएको छ । बुद्धभुमी १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) ले शिलान्यास गर्नु भएको हो ।

कुल ५ लाख रुपैयाँ लागतमा निर्माणहुने उक्त बजार बहुउद्देश्यीय हुनेछ । २०७७ फागुन सम्ममा सम्पन्न गर्नुपर्ने उक्त बजारबाट कपिलवस्तु लगायत अर्घाखाँचीका जनता समेत लाभान्विवि हुनेछन ।

विगत लामो समयदेखि यहाँ हप्तामा एक पटक सनिवार कृषि हाटबजार संचालित हुँदै आएको थियो । साँगुरो ठाउँमा पनि धेरै खुद्रा व्यापरीले तरकारी लगायत उपभोग्य सामान बिक्री गर्दै आएका थिए । यसलाई व्यवस्थित गर्न नगरपालिकाले ब्यवस्थित हाट बजार बनाउन लागिएको हो । यसले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन मद्दत त गर्ने छ नै व्यवसायीले जथाभावी फ्याँक्दै आएको फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने बजार निर्माण समितिका अध्यक्ष दधिराम घिमिरेले बताउनुभयो।

कार्यक्रममा वडा सदस्य राम प्रसाद बेल्बासे लगायत पत्थरकोटका स्थानियाहरुको पनि उपस्थित रहेको थियो। यसका साथै उपभोक्तालाई एकै ठाउँमा धेरै वस्तु खरिद गर्न सहज हुने विश्वास गरिएको छ ।