
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालनमा ल्याएका छन । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन ।
तलको लिङ्क खोली भिडियो पनि हेर्नुहोस् :
https://vm.tiktok.com/ZSp8y6Rb/
यो एकाउन्ट भेरिफाइड समेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई ३५ हजार बढिले फलो गरेका छन् ।
पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै १२ लाखले हेरिसकेका छन् । यसमा ९२ हजारभन्दा बढी लाइक, ४ हजार भन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २५ सय १५ जनाले सेयर गरेका छन् ।

