शुक्रबार, माघ ९, २०७७

मालारानीको खनदहमा १५ सैयाको अस्पताल भवनको शिलान्यास

मालारानी । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहको चोरकाटेको डाँडामा १५ सैयाको अस्पताल भवनको शिलान्यास भएको छ ।

अस्पताल भवन शिलान्यास कार्यक्रमलाई राष्ट्रीय सभाका सदस्य चन्द्रबहादुर खड्का (उज्वल) ले गर्नु भयो । सोही कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य चेत नारायण आचार्य र रामजी प्रसाद घिमिरेको विशेष उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , नेकपा मालारानीका अध्यक्ष शालिकराम आचार्य , नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधी कृष्ण खनाल , राजमोका प्रतिनिधी शन्देश खनाल , राप्रपाका प्रतिनिधी रणबहादुर खनाल , राजपाका प्रतिनिधी महेन्द्र बि.क , स्थानीय महेन्द्र बिक लगाएतले मन्तव्य राख्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण निर्णय भएको भन्दै १५ शैयाको अस्पताल निर्माणले पालिकाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने बताए ।

कार्यक्रम पालिका अध्यक्षबालकृष्ण आचार्यको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तीको स्वागत मन्तव्य र पालिकाका स्वास्थ्य संयोजक भबिश्वर खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।