बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

भूमिकास्थानमा १५ सैयाको अस्पतालको शिलान्यास

फाईल पिक्चर

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वाड नं. ७ नुवाकोटको चिदिचौर मैदानमा १५ सैयाको आधारभूत अस्पतालको भवन शिलान्यास भएको छ । नुवाकोटको चिदिचौर मैदानमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको आज सोमबार शिलान्यास भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्का (उज्वल) ले मुलुकमा दिगो विकासको यात्रा तय भएको बताउनुभएको छ । उहाँले देशैभर सिलन्यास भएका अस्पतालहरु समयमै निर्माण गरि गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिन सम्बन्धित पालिकालाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य चेत नारायण आचार्य र रामजी प्रसाद घिमिरे, उपप्रमुख खडानन्द बेल्बासे, राष्ट्रिय जनमोर्चाका नेता कविराम खनाल लगाएतले मन्तव्य राख्दै मुलुकको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रम नगर प्रमुख रेसम थापाको अध्यक्षता, निमित्त प्रमुख प्रशासकिय अधिकृत तुबलाल सापकोटाको स्वागत मन्तव्य र योजना सहायक शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न भएको थियो ।