शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

जेसिजद्धारा बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशालामा कम्बल बितरण

जेसिज

माधव बेल्बासे :शिवराज जेसिजद्धारा खरेन्द्रपुरमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशालामा न्यानो कम्बल बितरण गरिएको छ ।
पाठशालामा अध्यानरत रहेका बटुकहरुलाई मध्यनजर गरी पाँच थान कम्बल बितरण गरेको अध्यक्ष बिजय सापकोटाले बताउनुभयो । चिसो मौसम बढेकोले बटुकहरुलाई सहज होस भन्ने उद्देश्यले बितरण गरेको उहाँले बताउनुभयो ।
बितरण कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष सरोज पौडेलले कोरोना कारण जनजिवन प्रभावित भइरहेकोले जेसिजले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । बिगतका वर्षहरुमा पनि जेसिजले सामाजिक कार्यमा उल्लेखनिय काम गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमय जोड दिनुभयो ।
कार्यक्रममा जेसिजका पदधिकारीहरु वाइपि पौडेल, खगेन्द्र गिरी, मधु सिग्देल,गणेश जिसी,कबिराज अधिकारी,कृष्ण कार्की,केशव खनाल,युवराज पौडेल लगाएतको सहभागिता रहेको थियो ।