बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं । राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका छन्।

हातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ,बेरोजगार युवालाई रोजगारी दे दलीय झण्डा छोडेर देशको झण्डा बोकौँजस्ता नारा पनि लगाए।

पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन्।