शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर गर्दैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताएका छन् । नेपाल भ्रमणमा आएक जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीले आइतबार शिष्टाचार भेटगरेपछि प्रधानमन्त्री ओलीले यस्तो विचार राखेक हुन् ।

रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्धलाई अझ सुमधुर बनाएर अगाडि बढाउन चाहेको सन्देश वेईमार्फत दिएका छन् ।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले भने, “नेपाल र चीनजस्तो दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको सम्बन्ध अरू कुनै कुराले असर गर्न सक्दैन भन्ने विश्वास हाम्रो रहिआएको छ ।”वेईलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो सम्बन्ध रहिआएको प्रस्ट्याएको आजको गोरखापत्र दैनिकमा खवर छ ।