बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट

एजेन्सी : इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ ।  उक्त ज्वालाामुखी विस्फोटले त्यहाँका २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन् ।

स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण स्थानीय हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको छ । साथै पर्यावरणीय सन्तुलनमा यसले गम्भीर असर पार्ने बताइएको छ ।

ज्वालामुखीबाट निस्किएको धुवाँले ४ हजार मिटर उचाइसम्म आकासमा ढाकेको छ । जसले गर्दा आसपासका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ ।

ज्वालामुखी विस्फोटका कारण २६ गाउँका २ हजार भन्दा बढी घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । विस्फोटबाट मानवीय क्षति नभए पनि आसपासका मानिसहरुलाई सावधान रहन आग्रह गरिएको छ ।