बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा ११ को सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्न खाता खोल्ने कार्य सम्पन्न

एम.पी. बेल्बासे, शितगंगा ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका भित्रका वडा तहबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई अब बैकिङ प्रणालीमा जोडिने भएको छ ।

यस वर्षदेखि बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने शितगंगा नगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।

शितगंगा नगरपालिका र कामना सेवा विकास बैंकबीच सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने सम्झौता भए अनुसार हिजो शितगंगा ११ मा खाता खोल्ने कार्य सम्पन्न भएको छ ।

वडा अध्यक्ष आलेका अनुसार बैकिङ प्रणालीमार्फत यस वर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणको लागि नागरिकहरुलाई खाता खोल्न वडा कार्यालयमा आउन आहृवान गरिएको बताए । उनका अनुसार यस आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको लागि जेष्ठ नागरिकलाई कामना सेवा बैंकमा खाता खोल्न लगाएको उनले जानकारी दिए ।

अहिले वडा नं. ११ भित्र करिब २ सयले ८० जना सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । जसमा २ सय १९ जनाले हिजो शनिवार बैंकमा खाता खोलेका खातावालाको KYC फारम समेत भरिएको वडा सचिव मोदनाथ ज्ञवालीले रातो प्रेस डटकमलाई बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेपछि नगरपालिकाले चालू वर्षको पहिलो महिना साउन मसान्तदेखि सबै वडाका जेष्ठ नागरिकलाई बैंकमा खाता खोल्न लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर केसीले जानकारी दिए ।