शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रयोगकर्ताको सूचना बाँडेको भन्दै फेसबुकलाई ७१ करोड जरिवाना

fb

काठमाडौं : दक्षिण कोरियामा त्यहाँका नागरिकको व्यक्तिगत जानकारीको रक्षा गर्ने संस्थाले फेसबुकलाई जरिवाना गरेको छ ।

बिना पूर्वसूचना आफ्ना ३३ लाख नागरिकको जानकारी अर्को कम्पनीलाई उपलब्ध गराएको भन्दै फेसबुकलाई ६.०६ मिलियन डलर अर्थाथ ७१ करोड ४९ लाखको हारहारीमा जरिवाना तोकिएको हो ।

दक्षिण काेरियाले गत वर्षमात्रै व्यक्तिगत सूचना संरक्षण आयोग गठन गरेको थियो । उक्त आयोगका अनुसार दक्षिण कोरियामा कुल एक करोड ८० लाख फेसबुक प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये ३३ लाख फेसबुक प्रयोगकर्ताको जानकारी अन्य कम्पनीलाई दिएको प्रमाणसहित फेसबुकलाई कारबाही गरिएको उल्लेख गरिएको छ ।

फेसबुकले सन् २०१२ देखि नै यसरी डेटा उपलब्ध गराइरहेको आयोगले जनाएको छ । आयोगले फेसबुक आयरल्याण्डलाई उक्त पत्र पठाएको जनाएको छ । फेसबुककाे याे गतिविधिलाई अपराधिक क्रियाकलाप भन्दै उसले अनुसन्धान अघि बढाएको छ ।

‘हामीले सुरुबाटै अनुसन्धानमा सहयोग गरिरहेका हौं,’ फेसबुकका प्रवक्ताले भने, ‘अपराध अनुसन्धानको रुपमा यसलाई अघि बढाउनु राम्राे हाेइन । यो विषयमा अब पत्र पाएपछि मात्रै जानकारी दिन सकिनेछ ।’