शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शंकर ज्योति आविमा चार कोठे भवनको निर्माण कार्य शुरु

घनु गाहा/ शितगंगा ।

शंकर ज्योति आधारभूत विद्यालयमा नयाँ चार कोठो भवनको शिलन्यास गरीएकोे छ । शितगंगा नगरपालिका-९ लौरी स्थित शंकर ज्योति आधारभूत विद्यालयको चार कोठे पक्की भवनको शिलान्यास सँगै निर्माण कार्य शुरु गरिएको हो ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको रु. ७० लाखको लागतमा निर्माण हुन लागेको चार कोठे भवनको शिलान्यास जिल्ला समन्वय समिति अर्घाखाँची उप प्रमुख ऋषि बहादुर पुलामीले गर्नु भएको हो ।

चारकोठे भवनको चैत मसान्ता भित्रमा पूरा गर्ने लक्ष्यका साथ काम सुरु गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल रानाले रातोप्रेस डटकमलाई बताउनु भयो । आउँदो चैत सम्ममा निर्माण कार्य सम्पन्न गरी नयाँ शैक्षिक सत्र देखि कक्षा संचालन गर्ने समेत बताउनुभयो ।

तलको भिडियो पनि हेर्नुहोस् :

निर्माणाधिन भवनको शिलन्यास गर्दै जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामीले विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने बताउनु भयो । शैक्षिक सुधारको लागि कक्षाकोठा अभावले समस्या भएको हुँदा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने बताउनु भएको छ ।

शितगंगा-९ का वडा अध्यक्ष भिम बहादुर केसीले शैक्षिक क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार विकासमा क्रमिक रुपमा सुधार गर्न आफु निरन्तर लागि रहेको बताउनु भएको छ ।

कार्यक्रममा वडा सदस्य खुम बहादुर लुईचे, चुमानसिंह परियार, केशव सारू लगाएतका समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिती रहेको विद्यालयका प्रअ टंक बहादुर परियारले जानकारी दिनुभएको छ ।