शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीका भुसाल उत्कृष्ठ करदाताका रुपमा सम्मानित

अशोक खनाल/ अर्घाखाँची ।
आन्तरिक राजश्व कार्यलय कपिलवस्तुले ०७५/०७६ मा सबै भन्दा बढी कर दाखिला गर्ने दुई जना ब्यवसायीलाई उत्कृष्ठ करदाता सम्मानबाट सम्मानित गरेको छ ।

आइतबार नवौँ राष्ट्रिय कर दिवस तथा कर साप्ताह ०७७ को अवसर पारेर अर्घाखाँचीका अमर निर्माण सेवाका प्रोपाइटर वसन्त भुसाल र पावर टेड इन्डटिज प्रालि. कपिलवस्तुका प्रोपाइटर बिकाश केडियालाई सम्मान गरिएको हो ।

कार्यलय प्रमुख दिनेश पान्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृष्णनगर भन्सार कार्यलयका प्रमुख जनाद्न पौडेल, कपिलवस्तु उधोग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल , चनौटा उधोग बाणिज्य संघका अध्यक्ष जम्सेर अलि मिया , कृष्णनगर उधोग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियोे ।