बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपा अर्घाखाँचीद्वारा ८ औ पार्टी स्थापना दिवसको पूर्व सन्ध्यामा प्रचार प्रसार तिव्र, जिल्लाका विभिन्न स्थानमा पर्चा तथा ब्यानर टाँसियो

अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटी जिल्ला समिति अर्घाखाँचीले भुमिकास्थान नगर समिति, सन्धिखर्क नगर समिति र जिल्लाका विभिन्न स्थानमा ८ औ पार्टी स्थापना दिबस तथा पार्टी पुर्नगठनको सन्दर्भमा प्रचार प्रसार तिब्र बनाएको छ ।

पार्टीको स्थापना दिबसलाई भब्य सभ्य रुपमा मनाउन र क्रान्तिको उचाईलाई जनताको सामु जागरुक बनाउनको लागि नविन खड्काको नेतृत्वमा चोक, प्रत्येक वडा, सार्बजनिक स्थल लगाएतका स्थानमा व्यानर तथा पोष्टरहरु टाँसिएको छ ।

नेता खड्काले जनता अहिलेको सत्ताबाट आजित भएकोले जनताको विकल्पको शक्तिको रुपमा आफ्नो पार्टी आएको बताए । नेकपाले मंसिर ८ गते देशव्यापी रुपमा ८ औ स्थापना दिबस मनाउन लागेको हो ।