मङ्लबार, मंसिर ९, २०७७

बुद्धभूमि-३ मा वडास्तरीय सचेत युवा अभियान गठन, अध्यक्षमा नारायण पाण्डे

रातो प्रेस डटकम/ बुद्धभूमि । कपिलवस्तु जिल्लाकाे बुद्धभुमि न.पा. ३ मा एक कार्यक्रमका बिच सचेत युवा अभियान गठन भएकाे छ । स्थानिय स्तरमा हुने विभिन्न अनियमितता, बेतिथि, भष्टाचारका विरूद्ध र विभिन्न सृजनात्मक कार्यहरू गर्नका लागि वडा स्तरिय सचेत युवा अभियान गठन भएको छ ।

आज शनिबार भएको वडा स्तरीय भेलाले ११ सदस्यीय समिति गठन गरेको हाे । समितिको संयोजकमा नारायण पाण्डे, सह संयाेजकमा सुमन पाण्डे, सचिवमा विष्णु अधिकारी, सह सचिवमा दामाेदर पाैडेल, काेषाध्यक्षमा सावित्रा अधिकारी रहेका छन । त्यस्तै सदस्यमा हुमाकान्त पन्थी, शिव कुमार थारू, दिनेश थारू, बाबुराम भट्टराई, पुस्ततम गैर, विक्रम पुन रहेका छन ।

त्यसैगरि सल्लाहकारहरूमा नारायण बेल्बासे, विष्णु न्याैपाने, राम प्रसाद भट्टराई, गणेश बेल्बासे, गाैरी चाैधरी
रहेका छन ।

कार्यक्रममा बाेल्दै नव निर्वाचित संयोजक तथा अध्यक्ष नारायण पाण्डेले वडा माझबाट सुरू गरिएकाे भष्टाचार, बेतिथि र बिसङ्गतिकाे याे अभियान नगर, जिल्ला हुँदै माथिल्लो निकाय सम्म अघि बढाउनु पर्नेमा जाेड दिएका छन । करिब १०० जना उपस्थित रहेकाे कार्यक्रममा नारायण बेल्बासेकाे अध्यक्षता, राम प्रसाद भट्टराईकाे स्वागत मन्तव्य र विष्णु न्याैपानेकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।