मङ्लबार, मंसिर ९, २०७७

स्थानिय विदा भन्दै तिहार पछि शितगंगा-११ का अधिकांश विद्यालय बन्द अवस्थामा

रातोप्रेस डटकम/ शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ११ मा रहेका अधिकांश विद्यालयहरु बन्द अवस्थामा रहेको पाईएको छ । विद्यालयहरु नियमित संचालन हुन नसक्दा पठन पाठन अस्तव्यस्त बनेको हो । शिक्षकहरु नियमित विद्यालयमा नपुग्दा विद्यालय बन्द अवस्थामा रहेको पाईएको छ । गएको बिहिबारका दिन निरिक्षण टोली बिहान १० बजे विद्यालयमा पुग्दा बन्द अवस्थामा थिए ।

कोरोना भाईरस (कोभिड-१९) का कारण जनाउँदै प्राय: शिक्षकहरु घरमै बसेको पाईएको छ । बिहिबार शिक्षा शाखाबाट स्रोत व्यक्तिका रुपमा खटिएका निमानन्द भुसाल सहितको टोली सोही वडाको मौवाबारीमा स्थित रूद्रबिनी आ.वि. र लुङ्ग्री स्थित बुद्ध आ.वि. मा निरिक्षणका क्रममा टोली पुग्दा विद्यालयहरू बन्द अवस्थामा रहेका थिए ।

पछिल्लो समय शिक्षकहरुको लापरबाहीले विद्यार्थीहरुको पठन पाठनमा समस्या देखिएको अभिभावकहरुको गुनासो छ । शिक्षकहरु कोभिडका कारण देखाउदै बहाना बनाएर घरमा बस्दै आएको कुरा बाहिर आएको छ ।

विद्यालयमा निरिक्षण आएको खबर पाउना साथ ११ बजे तिर विद्यालय पुगेका रुद्रबिनी आ.वि. का प्रधानाध्यापक टिकाराम अधिकारीले स्थानिय विदा गरेको बताए । लामो समय बन्द अवस्थामा रहदा समेत स्थानिय विदाको बाहनामा शिक्षकहरु घरमा बस्ने बाहना गरेको पाईएको छ ।

स्थानिय विदाको विषयमा विद्यालयमा न सूचना टाँस गरिएको छ न त निर्णय नै केही पनि छैन । मनोमानी रुपमा स्थानिय विदाको बाहना गरी विद्यालय बन्द गराउने बारे कुनै निर्णय देखाउन नसकेका प्रअ अधिकारी केहि बोल्न सकेन्न । तिहार अघि आफूहरु समयमै नियमित विद्यालय आउने गरेको उनले दाबी गरे ।

स्रोत व्यक्ति निमानन्द भुसालले अधिकांश शिक्षक अन्य जिल्लाका रहेका कारण कोभिड – १९ को बाहना गर्ने गरेकोले नियमित विद्यालय संचालनका लागि अनुगमन कार्यलाई तिब्र दिने बताए ।

भिडियो हेर्नुहोस् :

MVI_1741