मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

पार्टी भित्रको विवाद छिट्टै समाधान हुन्छ : रायमाझी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद टोपबहादुर रायमाझीले पार्टीभित्रको विवाद समाधान हुने विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उनले पार्टीभित्र अन्तरविरोध आउँदैमा विभाजन नहुने जिकिर गरे । उनले पार्टीभित्र उठेका विषयमा सबै कमिटीमा छलफल हुनुपर्नेमा जोड दिए ।

उनले पार्टी एकताका अधुरा कामहरु पूरा गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन र अब अर्का अध्यक्ष केपी शर्मा ओलीले राख्ने प्रतिवेदनमाथि छलफल हुने सुनाए । उनले आफूहरुले एकता र जुटलाई केन्द्रविन्दुमा राखेर बहस तथा छलफल गर्ने बताए । उनले भने,‘हामी जनताप्रति र राष्ट्रप्रति बढि गम्भीर भएर हामी अगाडि बढ्नुपर्छ । हामी सचेत भएर अघि बढ्नुपर्छ । एकतालाई केन्द्रविन्दुमा राखेर बहस गरेका छौं । परिवर्तनको मुद्दा धराशयी नहोस भन्ने चिन्ता छ ।’ – रिपोर्टस नेपालबाट