मङ्लबार, मंसिर ९, २०७७

कक्षा १२ को परीक्षा तयारी पूरा, पाँच प्रतिशतले होम सेन्टरबाटै परीक्षा दिँदै

पाँच प्रतिशत विद्यार्थीले होमसेन्टरबाट परीक्षा दिँदै

अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा–१२ को परीक्षा दिँदै छन। ‘कोभिड–१९ का कारण पायक पर्ने ठाउँबाट पनि परीक्षा दिने व्यवस्था गरेका थियौँ,’उनले भने,‘यसपालि पाँच प्रतिशत विद्यार्थीले पायक पर्ने ठाउँ अर्थात होमसेन्टर बाट परीक्षा दिँदै छन्।’ सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने उनले बताए ।