शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको मौसम पुर्वानुमान

weather मौसम

काठमाडौं: मौसम पुर्वानुमान  महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।दिउँसो : प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा फाटफुट/हल्का बर्षाको सम्भावना छ ।