मङ्लबार, मंसिर ९, २०७७

तीन दिनमा सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढ्यो

काठमाण्डौ : सुनको भाउ तीन दिनदेखि बढिरहेको छ ।

शुक्रबारदेखि अहिलेसम्म सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर आज ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार एक हजार र हिजो पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि पाँच सय रुपैयाँ बढेको हो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

हिजोको तुलनामा चाँदी तोलाको १० रुपैयाँ बढेर आज १२ सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।