शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमेरिकाका नव-निर्वाचित राष्ट्रपति बाइडेनको पहिलो प्राथमिकता कोरोना नियन्त्रण गर्ने

काठमाण्डाै : अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो प्रथामिकता कोरोना भाइरसको सङ्क्रमणसँग जुध्ने रहेको बताउनुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नुभएका उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा कोरोना भाइरस नियन्त्रणलाई राख्नुभएको हो । उहाँको टोलीका अनुसार अमेरिकामा अब कोरोना भाइरस परीक्षणको दायरा बढाइने छ भने आम नागरिकलाई मास्क लगाउन अनिवार्य गरिनेछ ।

बाइडेनले जातीय विभेद र जलवायु परिवर्तनलगायत मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रीत गर्ने विषयलाई पनि प्राथमिकतामा राख्नुभएको छ । यस्तै बाइडेनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्ने, विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि बदल हुने भएको अमेरिकाका सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बाइडेनले ट्रम्प प्रशासनले सातवटा देशमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गर्ने तयारी गरेको छ । ट्रम्पले भने केही राज्यमा मतगणना चल्दै गर्दा चुनावमा धाँधली भएको भन्दै अहिलेसम्म हार स्वीकार्नु भएको छैन ।