मङ्लबार, मंसिर ९, २०७७

क्यानले खेलाडीहरुको ग्रेडिङमा भएको त्रुटी सच्यायो

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)ले खेलाडीहरुको ग्रेडिङमा भएको त्रुटी सच्याएको छ । क्यानको शनिबार सम्पन्न भर्चुअल बोर्ड बैठकले ग्रेडिङको त्रुटी सच्याएको जानकारी दिएको छ ।

नयाँ ग्रेडिङ अनुसार सोमपाल कामीलाई बीबाट ए, अविनाश बोहोरालाई सीबाट बीमा बढुवा गरेको गरिएको छ । त्यस्तै ललितनारायण राजवंशीलाई बी र सन्दीप जोरालाई सी ग्रेडमा राखिएको क्यानले जनाएको छ । यस अघि गरिएको ग्रेडिङमा ललित राजबंशी र सन्दीप जोरालाई समावेश गरिएको थिएन ।

त्यसै गरि महिलातर्फ सरस्वती चौधरीलाई बी तथा ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णय भएको क्यानले गरेको छ ।क्यानले कोरोना महामारीका कारण खेलाडीहरुको यो सम्झौता २०२० जनवरीदेखि ६ महिनाको मात्र हुने जनाएको छ ।

क्यानले गत असोजमा गरेको पुरुष र महिला क्रिकेट खेलाडीहरुको ग्रेडिङ त्रुटीपूर्ण भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले स्पष्टीकरण सोधेको थियो । त्यस्तै क्रिकेट खेलाडी संघले पनि असन्तुष्टि जनाएको थियो ।साथै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरको अन्त्यमा संचालन गर्ने निर्णय क्यानले गरेको छ ।