शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपतिमा वाइडेनको जीत सुनिश्चित, ट्रम्पलाई अदालतको भर

एजेन्सी : अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रयाट उम्मदेवार जोय वाइडेनको जीत सुनिश्चित भएको छ । उनले मतगणना अन्तिम चरणमा पुग्दा तीनवटा महत्वपूर्ण राज्यहरुमा अग्रता लिएपछि जीत सुनिश्चित भएको हो ।

यसअघि ट्रम्पले अग्रता लिएका जर्जिया र पेनसिल्भानियामा पनि वाइडेन अघि बढेका छन् । ती राज्यहरुमा जित हासिल गरेमा वाइडेनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत पाउनेछन् । अब ट्रम्पका लागि अदालत मात्र सहारा बनेको छ । उनले खामबन्दीबाट पठाइएका मतलाई अवैध दाबी गरेका छन् । ती मतका कारण वाइडेन अघि बढेका हुन् ।

फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । जर्जिया राज्यमा वाइडेन विजयी भएमा ट्रम्प राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत पाउने सम्भावना समाप्त हुने अवस्था छ । उक्त राज्यको मतभार १६ इलेक्ट्रोरल छ । अब वाइडेनलाई चुनाव जित्न मात्र ६ इलेक्ट्रोरल मत आवश्यक छ । पछिल्लो अवस्थामा वाइडेन नेभेडामा पनि अगाडि छन् । त्यहाँ उनलाई आवश्यक पर्ने ६ इलेक्ट्रोरल मतभार छ । १५ इलेक्ट्रोरल मतभार रहेको नर्थ क्यारोलिनामा ट्रम्प वाइडेनभन्दा केही हजार मतले मात्र अगाडि छन् ।

२० इलेक्ट्रोरल मतभार रहेको पेनसिल्भानियामा ट्रम्प पछि परेका छन् । यसरी जर्जिया, पेनिनसेल्भानिया र नेभेडाले ट्रम्पको दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना चकनाचुर पार्दैछ ।