शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आईपीएल : बैंगलोरमाथि हैदराबाद ६ विकेटले विजयी

युएई : दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटरमा सनराइजर्स हैदराबाद विजयी भएको छ । हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित निकालेको हो। शुक्रबार रातिको हैदराबादले रोयल च्यालेन्जर्सलाई ६ विकेटले हराएको हो ।

हैदराबादले टस जितेर फिल्डिङ रोजेको थियो भने बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रनमा समेटिएको थियो। १३२ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी हुँदा ४ विकेटको क्षतिमा लक्ष्य भेट्दै जित आफ्नो पक्षमा पारेको हो ।