मङ्लबार, मंसिर ९, २०७७

आईपीएल : दिल्लीसँगको भेट पक्का गर्न हैदराबाद र बेङ्गलाेर खेल्दै

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा अहिले सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्गलाेर खेलिरहेका छन् । दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गर्नका लागि हैदराबाद र बेङ्गलाेर प्रतिस्पर्धा गरिरहेका हुन् ।

आबुधाबीको शेख जयेद स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबादले पहिले बलिङ गरिरहेको छ ।

यसअघि बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा पुगेको थियो । यो खेलको विजेताले आइतबार दिल्लीसँग दोस्रो क्वालिफायर खेल्नेछ । आइतबारको खेलको विजेताको फाइनलमा मुम्बईसँग खेल्नेछ ।

यस्तो छ बेङ्गलाेरको प्लेइङ ११ : एराेन फिन्च विराट काेहली एबी डी भिलियर्स माेइन अली वाशिङ्टन सुन्दर शिवम् दबे नवदीप सैनी एडम जम्पा माेहम्मद सिराज र युजवेन्द्र चहल ।

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर श्रीवात्स गाेस्वामी मनिष पाण्डे केन विलियमसन प्रियम गर्ग जेसन हाेल्डर अब्दुल समाद राशिद खान शहबाज नदीम सन्दीप शर्मा र टी नटराजन ।