बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली र नरवणेबीच भेट

काठमाडौं : नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

उक्त भेटको अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नभएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एक अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको छ ।तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार (आज) नै स्वदेश फर्कनु हुनेछ ।