मङ्लबार, मंसिर ९, २०७७

लुम्बिनी प्रदेशको राजधानीले कर्णाली सम्झाउने सिद्वारासँगै शितगंगाको विकास हुने आशा (भिडियो सहित)

गणेश बेल्बासे संगम/ अर्घाखाँची ।

कर्णाली सम्झाउने सिद्धारा अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने साबिक सिद्धारा गाविसको भुभाग पर्दछ । जुन कपिलवस्तु र दाङ जिल्लासँग जोडिएको छ ।

साविकको सिद्धारा हालको शितगंगा नगरपालिका वडा नं. ९, १० र ११ क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ । पूर्वाधारको क्षेत्रमा केही पनि विकास हुन सकेको छैन ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकार छन् । त्यसैमा शितगंगा नगरपालिका भौगोलिक रुपमा मुलुककै ठुलो नगरपालिका हो ।
शितगंगा नगरपालिका साविक ७ वटा गाविस मिलेर बनेको छ । जसमा १४ वटा वडाहरु रहेका छन ।
विकासका पुर्वाधारको क्षेत्रमा कुनै गति लिन नसकेको कारण पछि परेको हो । तिन वर्ष बिति सक्दा पनि नगरपालिकाको दिगो विकास र समृद्धिको लागि कुनै तहबाट पनि ठोस योजना बन्न सकेको छैन ।अहिलेसम्म आफ्नो क्षेत्रको विकासका लागि कुनै योजना नआए पनि प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने पक्षमा प्रदेश सभाबाट दुईतिहाईले पास भए पछि प्रदेश सरकारप्रति कर्णाली क्षेत्र मानिने सिद्वाराबासी सँगै शितगंगा थप आशावादी बनेका छन् ।

दाङमा स्थायी राजधानी बन्ने भए पछि सिद्धाराबासीले तीनै तहको सरकारबाट आफ्नो क्षेत्रको विकास हुने आशा राखेका हुन् । सिद्धारासँगै शितगंगा नगरपालिकाको विकास निर्माणका विविध पक्षमा प्रभाव पार्न सक्ने विषयमा एक रिपोट तयार पार्ने क्रममा त्यस्तो आशा व्यक्त गरेका हुन् ।

सिद्धाराका जनता दाङ र कपिलवस्तु जिल्लासंग परनिर्भर हुनु पर्ने बाध्यता छ । ब्राहमण, क्षेत्री, जनजाति, दलित जातिको बसोवास रहेको अति विकट चुरे पहाडी क्षेत्र सिद्वारा दाङ र कपिलवस्तु जिल्लासँग परनिर्भर छन् । सिद्धारा क्षेत्रमा पुगेका जोकोहीले कर्णाली क्षेत्रमा पुगेको महसुस गर्छन् । पूर्व पश्चिम राजमार्गसँग नजिकमा रहेको यो क्षेत्रको विकास नहुंदा स्थानिय चुनाव भन्दा पहिले धेरै बसाईसरी गरी कपिलवस्तु रुपन्देही लगाएतका जिल्लामा बसाई सरी जाने गति तिब्र थियो । तर स्थानिय चुनाव पछि भने विकासको आशा राखेका जनताको बसाई सरी जाने संख्यामा कम आएको छ ।

पहिलोपटक त्यस क्षेत्र पुग्ने जो कोहीलाई त्यहाँका नागरिकको अवस्था र जिवनशैली देखेर दया पलाउँछ । त्यहाँका बासीन्दाहरु सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य र विकास निर्माणले गति नलिदाँ पिछडिएका हुन् ।

शितगंगा नगर उपप्रमुख टिका रेश्मीले शितगंगाका सडकहरुको स्तरवृद्धि हुने हो भने यो क्षेत्रले विकासमा धेरै फड्को मार्ने विश्वास लिएका छन । चाक्ला-गच्छे भालुवाङ सडकको निर्माण कार्य अगाढी बढन्न सक्ने हो भने पाल्पा, गुल्मी र उत्तरखाँचीका जनतालाई सहज हुने बताए ।

त्यस्तै नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष रुकेश आलेले चाक्लादेखि भालुवाङ सम्मको सडकको स्तरवृद्धि हुने आसमा छन् । चाक्ला देखि गच्छे भालुवाङ सडकखण्ड निर्माण हुने चर्चा चलेको २ दशकभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म ११ किलोमिटर भन्दा बढी बढ्न सकेको छैन । विकास गर्छौं भनेर गरेको घोषणा भाषणमै सीमित भएको अध्यक्ष आलेको गुनासो छ ।

दाङको भालुवाङ बजार केन्द्र मानेर प्रदेशको राजधानी बन्ने भएसँगै कर्णालीको उपमा पाएको पहाडी क्षेत्र सिद्धाराका बासिन्दा विकास निर्माण पूरा हुने आसमा रहेको वडा नं. ९ का अध्यक्ष भिम केसीको दाबी छ ।

दाङको भालुवाङ र कपिलवस्तुको चन्द्रौटा, ईमिलिया, गोरुसिङ्गे पुग्नु पर्छ । आठ – नौ घण्टा हिडेर बजार पुगिन्छ, बजार जाँदा बास बस्नु पर्छ । वडा नं. ९ का वडा सदस्य खुम बहादुर लुईचेले भने ।

भौगोलिक विकटताका कारण पनि धेरै समस्या रहेको वडा नं. ९ रंङसिङ निवासी पदम केसी बताउँछन् ।

सिद्धारावासीले विगत देखि अहिले सम्म पनि आफूहरू राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेको सिद्धारामा पर्ने वडा नं. ९ पाँकुरी निवासी केशव सारुले बताए । हामीलाई चाहिने दैनिक उपभोग्य वस्तु अन्य जिल्लाका बजारमा निर्भर हुनुपर्छ । बजारमा जान पनि बाँस बस्नु पर्छ उनको भनाई छ ।

त्यस्तै राज्यले सिद्धारा क्षेत्रलाई सौतेनी व्यवहार गरे पनि अब भने विकासले गति लिने भन्दै सिद्धाराबासीले अशा व्यक्त गरेका छन ।

के बोले त जनप्रतिनिधी एवं जनताले ? तलको लिङ्क खोली भिडियो हेर्नुहोस् :